गृहपृष्ठ क्यान इन्फोटेक : ३ लाख अवलोकनकर्ताको सहभागिता
क्यान इन्फोटेक : ३ लाख अवलोकनकर्ताको सहभागिता
क्यान महासंघले आयोजना गरेको ६ दिने ‘क्यान इन्फोटेक’ बिहीबार सम्पन्न भएको छ । यस अवधिमा करिब तीन लाख पचास हजार जनाले इन्फोको अवलोकन गरेको महासंघले जनाएको छ ।
अवलोकनकर्ताहरुबाट सकारात्मक प्रतिक्रिया पाएको महासंघका अध्यक्ष नवराज कुँवरले बताए । उनका अनुसार अन्तिम दिन सबैभन्दा बढी अवलोकनकर्ताहरु आएका थिए ।
अवलोकनकर्ताहरुले स्टलमार्फत विभिन्न कम्पनीका नयाँ तथा पुराना ब्राण्डका सामान र सेवासुविधाबारे जानकारी लिएका थिए । विभिन्न छुट अफरसमेत रहेकाले उपभोक्ताहरुले इन्फोमा उपलब्ध सामग्रीहरु खरिदसमेत गरेका थिए ।
इन्फोमा नयाँ ब्राण्डका सामानहरु प्रदर्शनमा गरिनुका साथै शिक्षा र नयाँ प्रविधिको बारेमा जानकारी दिन अनलाइन कक्षा, लर्निङ एप, दूरसञ्चार तथा इन्टरनेट सेवा, अनलाइन पेमेन्ट, सेक्युरिटीका स्टलहरु पनि राखिएको थियो । विशेष गरेर शिक्षक र विद्यार्थीहरु प्रविधिसँग सम्बन्धित स्टलप्रति आकर्षित भएको आयोजकले जनाएको छ ।
इन्फोमा १ सय ७५ वटा स्टलहरु राखिएका थिए ।
प्रकाशित समय १८:३४ बजे

















