गृहपृष्ठ ओपोद्वारा नेपालमा ए सिरिजअन्तर्गत ए३१ सार्वजनिक
ओपोद्वारा नेपालमा ए सिरिजअन्तर्गत ए३१ सार्वजनिक
आईओटी उत्पादनअन्तर्गत एन्को डब्लू ११, एम ३१ र डब्लू ३१ पनि उपलब्ध
वैश्विकस्तरमै अग्रणी दाबी गर्दै आएको स्मार्टफोन ब्रान्ड ओपोले नेपालमा ओपो ए३१ सार्वजनिक गरेको छ । ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक (कालो) गरी दुई रंगमा सार्वजनिक गरिएको छ ।
७२०×१६०० पिक्सेलसहितको ६.५ इन्च वाटरड्रप डिस्प्ले र ८९ प्रतिशत स्क्रिन रेसियोसहितको यो फोनले उच्च गुणस्तरको दृष्य दिने कम्पनीले जनाएको छ । स्क्रिनको सुरक्षाका लागि ओपो ए३१ मा गोरिल्ला ग्लास थ्रीको प्रयोग गरिएको छ । फोनमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यु लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ । एकै हातले फोनको सहज प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ यसको मोटाइ ८.३ एमएम हुनेगरी डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
ओपो ए३१ को पछिल्तिर तीनवटा लेन्सको व्यवस्था गरिएको छ । कम्पनीका अनुसार कम प्रकाश भएका स्थान पनि उत्कृष्ट तस्बिर खिच्न सकियोस् भन्ने सोचका साथ फोनको प्रमुख क्यामेरामा १२ एमपी सेन्सर र एफ/१.८ एपर्चरको व्यवस्था गरिएको छ । यसमा रहेको २ एमपी माइक्रो लेन्सले आकर्षक तस्बर खिच्ने जनाइएको छ । फोनमा २ एमपी डेफ्ट सेन्सर पनि छ ।
फोनमा रहेको ८ एमपी एफ/२.० फ्रन्ट एआई ब्युटिफिकेसन क्यामेराले अझ प्राकृतिक र सुन्दर सेल्फी खिच्न सघाउने कम्पनीको दाबी छ । सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १२८ जिबी रोम छ भने प्रयोगकर्ताले आवश्यकताअनुसार सञ्चय क्षमतालाई २५६ जिबीसम्मको माइक्रो एसडी कार्डको प्रायेग गरी बढाउन सक्छन् ।
ओपो ए३१ लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी ६७६५ भी चिपसेटले सञ्चारित गर्छ । यसमा रहेको ४ जिबी र्यामसहितको ओक्टाकोर प्रोसेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जिएचजेडको गति लिने क्षमता राख्छ । फोनमा रहेको ४ हजार २३० एमएएच क्षमताको ब्याट्री एकपटक पूर्णरुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टासम्मको अनलाइन भिडियो स्ट्रिमिङ वा ७ घण्टासम्म निरन्तर अनलाइन गेम्स र ११० घण्टा अडियो प्लेब्याकको मज्जा लिन सक्नेछन् । फोनमा फिंगरप्रिन्ट अनलक, सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलक पनि उपलब्ध छ । आकर्षक फिचर रहेको ओपो ए३१ को बजार मूल्य २६ हजार ५९० रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले आफ्नो आईओटी उत्पादनअन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्लू ११, एन्को डब्लू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानलमार्फत उपलब्ध गराउने ओपो एन्को डब्लू११ को बजार मूल्य ३ हजार ९९० निर्धारण गरिएको छ । त्यसैगरी ई–कमर्स प्ल्याटफर्म दराजमार्फत उपलब्ध गराइने दुई उत्पादन एन्को डब्लू३१ को मूल्य ६ हजार ९९० र एन्को एम३१ को मूल्य ४ हजार ९९० निर्धारण गरिएको छ ।
प्रकाशित समय १६:५० बजे

















