गृहपृष्ठ ‘मेरो सेयर’को एकाउन्ट नवीकरण अब इसेवाबाटै
‘मेरो सेयर’को एकाउन्ट नवीकरण अब इसेवाबाटै
सेयर कारोबार गर्ने तथा आइपीओमा लगानी गर्ने लगानीकर्ताले ‘मेरो सेयर’ एकाउन्ट नवीकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । यसअघि डिम्याट एकाउन्ट नवीकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले मेरो सेयरको एकाउन्ट नवीकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।
योसँगै मेरो सेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानुपर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो सेयर एकाउन्टको नवीकरण गर्न सकिने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए । इसेवामा नेपालमा रहेका सबै क्यापिटल, सेयर ब्रोकर आवद्ध छन् ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो । इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ ।
इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
प्रकाशित समय १९:०३ बजे

















