गृहपृष्ठ नेपालका आईएसपीमध्ये ‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडि

नेपालका आईएसपीमध्ये ‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडि

इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आईपीभी सिक्सको प्रयोग सुरु गरेको छ । नेपालमा एक वर्षदेखि परीक्षण गरिरहेको क्लासिक टेकले तीन महिनादेखि ग्राहकलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको हो ।

कम्पनीले अहिलेको अवस्थामा आफ्ना ८० प्रतिशतभन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी ६ मा आधारित रहेका डिभाइसमार्फत उपलब्ध गराएको छ । इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरी सबै सेवाग्राहीलाई कम्पनीले आईपीभी सिक्समा लाने गरी काम गरिरहेको हो ।

अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरण इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आईपी एड्रेस प्रयोग गरिरहेका छन्, जुन आईपीभी४ इन्टरनेट प्रोटोकल संस्करण हो, जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्छ । यसले २^३२ आईपी ठेगानाहरूका लागि ४.२ अर्ब आईपी एड्रेस भएका डिभाइसमात्र समर्थन गर्छ । यो धेरै जस्तो देखिन्छ तर सबै ४.२ अर्ब आईपी ठेगानाहरू तोकिइसकेका छन् । अझ बुझ्ने भाषामा भन्दा सबै आईपीभी४ ठेगानाहरु सकिइसकेका छन् ।

अबका डिभाइस आईपीभी६ मा आधारित

हरेक ग्राहककहाँ क्लासिक टेकले आईपीभी६ प्रयोग गरिरहेको छ। ‘कुल ग्राहकको ८० प्रतिशतमा आईपीभी६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन् । ग्राहक संख्याको प्रतिशतको आधारमा अन्य इन्टरनेट सेवाप्रदायकको तुलनामा हामी सबैभन्दा धेरै आईपीभी६ प्रयोग गर्ने कम्पनीमा अगाडि हौं । नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी६ले सेवाग्राहीलाई धेरै सहज हुनेछ,’ कम्पनीले भनेको छ ।

आईपीभी६ (इन्टर्नेट प्रोटोकोल संस्करण) इन्टरनेट प्रोटोकलको छैटौँ संशोधन हो । यसले आईपीभी४ को जस्तै समान कार्य गर्छ र यसले इन्टरनेट सपोर्ट उपकरणहरूसँग सम्पर्क गर्न अद्वितीय आईपी ठेगानाहरू प्रदान गर्छ । आईपीभी६ ले १२८ बिट इन्टरनेट ठेगानाहरू प्रयोग गर्छ । तसर्थ, यसले २^१२८ इन्टरनेट ठेगानाहरू ३४०, २८२, ३६६, ९२०, ९३८, ४६३, ३७४, ६०७, ४३१ ७६८, २११ र ४५६ लाई समर्थन गर्न सक्छ।

आईपीभी६ ठेगानाहरूको संख्या आईपीभी४ ठेगानाहरूको भन्दा १०२८ गुणा ठूलो छ । त्यसैले त्यहाँ धेरै लामो समयका लागि इन्टरनेट उपकरणहरूको विस्तार गर्न अनुमति दिनका लागि अधिक आईपीभी६ ठेगाना उपलब्ध छन् । यही विषयलाई ध्यानमा राखेर कम्पनीले आईपीभी सिक्समा आधारित भएर इन्टरनेट सेवा दिँदै आएको छ, जसले गर्दा क्लासिक टेकको इन्टरनेट सेवा निकै फास्ट र भरपर्दो भएको छ ।

प्रत्येक सिडिएन कन्टेन्ट डेलिभरी नेटवर्कलाई प्राथमिकता हुनेछ र आईपीभी६ समावेश भएको हुन्छ । यसले क्लासिक टेकका मूल्यवान र सेवाको केन्द्रमा रहेका ग्राहकका लागि निम्न फाइदा हुनेछ :

  • थप एनएटी हुँदैन (नेटवर्क एड्रेस ट्रान्सलेसन)
  • स्वतः कन्फिगरेसन
  • अधिक निजी ठेगानामा समस्या छैन
  • मल्टिकास्टका लागि उत्तम मार्ग (राउटिङ)
  • साधारण हेडर प्रारूप
  • सरलीकृत, अधिक कुशल मार्ग (राउटिङ)
  • उच्च गुणस्तरको सेवा
  • अन्तर्निहित प्रमाणीकरण र गोपनीयता सपोर्ट
  • लचिलो विकल्प र विस्तार गर्न सकिने
  • सजिलो एडमिनिस्ट्रेसन (थप डिएचसिपी छैन)
  • सेक्युरिटी, गोपनीयता, प्रमाणीकरण र एकीकृत डेटा

प्रकाशित समय २१:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु