गृहपृष्ठ एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘ननस्टप’ अफर

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । नयाँ योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको ननस्पट चलाउन मिल्नुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् ।

कम्पनीले हाल सञ्चालनमा रहेको ननस्टप युट्युब प्लस अफरमा विकल्प थपेको छ । ‘प्लस’ थिमअन्तर्गत ल्याइएका ननस्टप अफर बिहीबार (भदौ १८) देखि सञ्चालनमा आएको एनसेलले जनाएको छ । यो योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुरु गरेपछि समय सीमा बाँकी भएसम्म ननस्टप मजा लिन सक्नेछन् । उदाहरणका लागि ग्राहकले ७ दिनको ननस्टप टिकटक प्याक सय (करसहित १२७.६९ रुपैयाँ) मा सुरु गरेमा एक हप्ताभर टिकटकको ननस्टप मजा लिन सक्नेछन् । यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनसस्वरुप पाउनेछन् ।

युट्युबमा रहेका सामग्रीमात्र हेर्न रुचाउने ग्राहकका लागि ननस्टप युट्युब प्याक पनि रहेको एनसेलले जनाएको छ । ग्राहकले आवश्यकताअनुसार मात्र २५ (करसहित ३१.९२ रुपैयाँ) मा एक दिनको समय सीमा रहेको यो प्याक सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटासहितको ७ दिनको समय सीमा रहेको युट्युबवा फेसबुकको कम्बो प्याकमात्र १५० (करसहित १९१.५४ रुपैयाँ) मा सुरु गर्न सक्छन् । ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटासहितको ननस्टप युट्युब प्याक ३६० (करसहित ४५९.६८ रुपैयाँ) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

सात दिन वा ३० दिनको ननस्टप प्याक खरिद गर्ने ग्राहकका लागि विशेष थप योजना पनि रहेको कम्पनीले जनाएको छ । ग्राहकले उल्लिखित ननस्टप प्याक सुरु गरेपछि हरेक दिन ५०० एमबीका दरले ७ दिनसम्म मात्र २० (करसहित २५.५४ रुपैयाँ) मा ३५०० एमबी थप डेटा लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनका लागि प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स

ग्राहकले १ ह्यास डायल गरी ननस्टप अफरका लागि प्राप्त निर्देशनअनुसार मनपर्ने प्याक सजिलै सुरु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवाप्रदायकहरु खल्ती, युनि पे, ईसेवा वा प्रभु पे मार्फत पनि आफ्नो मनपर्ने प्याक सुरु गर्न सक्नेछन् ।

एनसेल आजियाटाका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याक ल्याइएको बताए । ‘सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल ननस्टप प्रयोग गर्न पाइने र इन्टरनेटमा अन्य सामग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाइने सुविधाले ग्राहकमाझ ठूलो महत्व राख्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

नयाँ थिम ‘प्लस’अन्तर्गत एनसेल आजियाटाले वायर फ्रि प्लस वाइफाइ, फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एन्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको छ ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु