गृहपृष्ठ एनसेलको दुई नयाँ भ्वाइस प्याक : १७ रुपैयाँमा एक घण्टा ढुक्कले बोल्न पाइने

एनसेलको दुई नयाँ भ्वाइस प्याक : १७ रुपैयाँमा एक घण्टा ढुक्कले बोल्न पाइने

एनसेल आजियाटाले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् ।

यी दुई नयाँ भ्वाइस प्याक मंसिर १८ गते अर्थात आज बिहीबारबाट ग्राहकका लागि उपलब्ध हुनेछन् । प्रिपेड ग्राहकले एक घण्टाको र तीन दिनको समयसिमा भएको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् ।

एक घण्टाको भ्वाइस प्याक अन्तर्गत प्रिपेड ग्राहकले कर सहित १७ रूपैयाँमा एक घण्टा समयसिमा रहेको ६० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । जसमा ग्राहकले २८ पैसा प्रति मिनेटको दरमा आफ्ना भ्वाइस सेवा लिन सक्नेछन् । एनसेल नेटवर्क भित्र कल गर्न विद्यमान् शुल्क प्रति मिनेट कर सहित २.५४ रूपैयाँ रहेको छ । ग्राहकले ६० मिनेटको प्याक सुचारु गर्ने बित्तिकै प्याकको समयसिमा सुरु हुनेछ । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स८ ह्यास डायल गरि एक घण्टाको प्याक सुचारु गर्न सक्नेछन् ।

त्यसैगरी ग्राहकले तीन दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको प्याक कर सहित ४८ रूपैयाँमा सुचारु गर्न सक्नेछन् । यस प्याकमा ग्राहकले तीन दिनसम्म हरेक दिन ७५ मिनेटको हिसाबले अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् । यस प्याक अन्तर्गत ग्राहकले एनसेल नेटवर्क भित्र कर सहित २१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७११८ एस्ट्रिक्स६ एस्ट्रिक्स२ ह्यास डायल गरी तीन दिनको समयसिमा रहेको प्याक सुचारु गर्न सक्नेछन् ।

सुलभदरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्घता अनुरुप आफ्ना ग्राहकका लागि यी भ्वाइस प्याकहरु ल्याइएको कम्पनीले जनाएको छ । यो अफरले अझै सुलभदरमा भ्वाइस सेवामा पहुँच दिदै ग्राहकलाई आफ्नो परिवार तथा साथीभाईहरुसँग सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

 

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु