गृहपृष्ठ ओपोको ‘ओ-फ्यान्स फेस्टिवल’ : हरेक उपकरणको खरिदमा आकर्षक उपहार
ओपोको ‘ओ-फ्यान्स फेस्टिवल’ : हरेक उपकरणको खरिदमा आकर्षक उपहार
ओपोले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । ‘सुरुवाती दिनदेखि नै ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनीय समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने सोचका साथ कम्पनीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो,’ ओपोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजनामा सहभागिता जनाई उपभोक्ताले ओपोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्ने अवसर पाउनेछन् । ‘ओ-फ्यान्स फेस्टिवल’क्याम्पेन जनवरी १०, २०२१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
‘ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । नेपालमा सुरुवाती दिनदेखि नै ब्राण्डप्रति उपभोक्ताले देखाएको प्रगाढ प्रेम र अतुलनीय समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने सोचका साथ हामीले ‘ओ-फ्यान्स फेस्टिवल’एसएमएस उपहार योजनाको घोषणा गरेका हौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भनेका छन् ।
क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि उपभोक्ताले, फोनका लागि : ओफ्यान्स (Ofans) ≤स्पेस≥ आईएमईआई र आईओटी उपकरणका लागि : ओफ्यान्स (Ofans) ≤स्पेस≥ सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक चरणमा १ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । भाग्यशाली विजेताले ओपोका तर्फबाट आकर्षक उपहार जित्नेछन् ।
विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत गरिनेछ । क्याम्पेन अवधिभर, लक्की ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्की ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । डिसेम्बर १ देखि सञ्चालनमा ल्याइएको यस उपहार योजना डिसेम्बर १० जनवरी, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित समय १४:३५ बजे

















