गृहपृष्ठ ओपो ए१२ ३जीबी १७ हजार ५९० रुपैयाँमै उपलब्ध
ओपो ए१२ ३जीबी १७ हजार ५९० रुपैयाँमै उपलब्ध
प्राविधिक ब्रान्ड ओपोले केही समय अगाडि मात्र सार्वजनिक गरेको ह्यान्डसेट ओपो ए१२ ३जीबी नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ । पहिले १८ हजार ५९० रूपैयाँ मूल्य रहेको उक्त फोनको मूल्य १ हजार घटाएर कम्पनीले १७ हजार ५९० रुपैयाँ तोकेको हो ।
नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रङमा उपलब्ध छन् । सन् २०२० को अगस्टमा सार्वजनिक फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १६५ ग्राम छ ।
ओपो ए१२ ३जीबीमा ७२०×१५२० पिक्सेल्ससहितको ६.२२ इन्चको डिस्प्ले छ । फोनको पिक्सेल डेन्सिटी २७० पीपीआई छ । आईपीएस प्यानलसहितको यो फोनको एस्पेक्ट रेसियो १९:९ छ । फोनको स्क्रिन टु बडी रेसियो ८९ प्रतिशत छ । फोनको डिस्प्लेमा क्याप्टिभेटिभ, मल्टि-टच, इन-सेल, २.५डी कभ्ड ग्लास स्क्रिन, कोर्निङ गोरिल्ला ग्लास थ्री छ ।
ओपो ए१२ ३जीबीमा डुअल रियर क्यामेरा सेटअप उपलब्ध छ । यसमा १३एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेन्डरी क्यामेराका रुपमा २.० एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । यी क्यामेरामा टच-टू-फोकस, फेज डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध छन् । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्यासको प्रयोग गरिएको छ । सेल्फीका लागि फोनमा ५ एमपी क्षमताको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।
फोनमा ३जीबी र्याम र ३२ जीबी आन्तरिक स्टोरेज क्षमता छ । प्रयोगकर्ताले अतिरिक्त स्टोरेज क्षमता आवश्यक परेमा यसमा एक्स्पान्डेबल एक्स्टरनल स्टोरेजको पनि प्रयोग गर्न सक्छन् । फोनमा रियर-माउन्टेड फिंगरप्रिन्ट सेन्सर्स, फेस अनलक फिचर्सलगायत सुविधापनि उपलब्ध छ ।
फोनको प्रयोग गर्दा दिनभर प्रयोगकर्ताले ब्याट्रीको चिन्ता लिन नपरोस् र सहजै दिनभर यसको प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा ४ हजार २३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ ।
प्रकाशित समय १५:४७ बजे

















