गृहपृष्ठ कोभिड- १९ बाट विश्वभर २३ लाख २० हजारको मृत्यु, १ लाखको अवस्था चिन्ताजनक

कोभिड- १९ बाट विश्वभर २३ लाख २० हजारको मृत्यु, १ लाखको अवस्था चिन्ताजनक

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड- १९)बाट हालसम्म २३ लाख २० हजार जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै कोरोनाका कारण विश्वमा ११ हजार जनाको मृत्यु भएको तथ्यांक छ ।

त्यस्तै बितेका २४ घण्टामा थप ४ लाख ७३ हजार नयाँ संक्रमित थपिएको वल्र्डोमिटरमा उल्लेख छ । यससँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १० करोड ६३ लाख ४८ हजार पुगेको छ । संक्रमितमध्ये ७ करोड ७९ लाख ८४ हजार निको भई घर फर्किएका छन् । विश्वमा अझै १ लाख ४ हजार जना संक्रमितको संख्या अवस्था चिन्ताजनक रहेको छ ।

सबैभन्दा बढी कोरोनाभाइरस फैलिएको देश अमेरिकामा कोरोनाबाट ४ लाख ७३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने त्यहाँ २ करोड ७५ लाख १९ हजार संक्रमित संख्या पुगेको छ । त्यस्तै अमेरिकामा १ करोड ७२ लाख ६८ हजार डिस्चार्ज भएका छन् । दोस्रो बढी प्रभावित देश भारतमा १ करोड ८ लाख २७ हजार संक्रमित छन् । भारतमा हालसम्म संक्रमितमध्ये १ लाख ५५ हजारको मृत्यु भएको छ भने १ करोड ५ लाख २२ हजार डिस्चार्ज भएका छन् । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ९४ लाख ९७ हजार छ । ब्राजिलमा हालसम्म कोरोनाबाट २ लाख ३१ हजारले ज्यान गुमाएका छन् भने ८३ लाख ८३ हजार निको भएका छन् ।

पछिल्लो समयमा नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दो मात्रामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ । शनिबारको तथ्यांकअनुसार त्यसअघि बितेका २४ घण्टामा मात्रै नेपालमा ९९ जना संक्रमित थपिएका थिए । हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ । नेपालमा कोरोनाबाट २ हजार ३५ जनाले ज्यान गुमाएका छन् भने २ लाख ६७ हजार ८१२ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित समय १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु