गृहपृष्ठ क्यान इन्फोटेक २०१९ मा स्काईवर्थको अवार्ड विजेता एआई टिभी
क्यान इन्फोटेक २०१९ मा स्काईवर्थको अवार्ड विजेता एआई टिभी
घरेलु उपकरण उद्योगमा विश्वव्यापी चर्चा कमाएको स्काईवर्थले क्यान इन्फोटेक २०१९ मा नयाँ उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको छ । स्काईवर्थले घरेलु उपकरणको क्षेत्रमा उत्कृष्ट प्रदर्शनको मान्यता पनि प्राप्त गरेको छ ।
स्काईवर्थ हालै सीईएस २०१९ मा चार अवार्डबाट सम्मानित भएको थियो । सीईएस २०१९ मा टिभी एक्सपिरेन्स गोल्ड अवार्डबाट सम्मानित भएको स्काईवर्थको क्यु थ्री सी एआई टिभी पनि क्यान इन्फोटेक २०१९ मा प्रदर्शनमा राखिएको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्छ, जुन स्मार्ट होमका नियन्त्रण गर्ने केन्द्रविन्दु बनिरहेको छ । यसमा शक्तिशाली पीक्यू प्रोसेसर जडान भएको छ, जसले गर्दा टिभीको उत्कृष्ट प्रदर्शन गरेर दर्शकलाई अद्भूत अनुभव सिर्जना गर्छ ।
क्यान इन्फोटेक २०१९ मा एआई टिभीबाहेक गुगल एन्ड्रोइड सिरिजको टेलिभिजन पनि प्रदर्शन गरिएको छ । क्यान २०१९ मा स्काईवर्थको अन्य आकर्षणमा स्काईवर्थको मल्टीफङ्सनल टेबल, जसमा इन बियुल्ट फ्रिज र साउन्ड सिस्टर, चेस्ट फ्रिजर र एयर कन्डिस्नर पनि रहेको छ ।
स्काईवर्थले चार वर्षअगाडि लन्च भएयता उपभोक्तामाझ लोकप्रियता कमाइरहेको छ । यो ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल भएको छ । स्काईवर्थ नेपालमा मात्र नभएर विश्वव्यापी ग्राहकका लागि विश्वसनीय र भरपर्दो उत्पादन भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १८:४२ बजे

















