गृहपृष्ठ चिलीका चर्चमा बाल याैन दुर्व्यवहार, सबै पादरीद्वारा राजीनामा
चिलीका चर्चमा बाल याैन दुर्व्यवहार, सबै पादरीद्वारा राजीनामा
भेटिकन सिटी– चिलीका चर्चहरूमा बालबालिकामाथि भएको यौन दुराचारको विषयलार्इ लिएर सबै क्रिश्चियन धर्मले राजीनामा दिएका छन् । चिलीका पादरीहरूका प्रवक्ताका अनुसार चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि समाधानका लागि भन्दै चिलीका ३४ धर्मगुरूले पोप फ्रान्सिससमक्ष राजीनामा दिएका हुन् । उनीहरू पोपसँगको तीन दिन लामो छलफलपछि राजीनामा दिन सहमत भएका हुन् । प्रवक्ताद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “रोममा रहेका हामी सवै धर्मगुरूले धर्मपिता पोपसमक्ष राजिनामा पेश गरेका छौँ । यसबाट उहाँलाई हामीमाथि छानविन गर्न सजिलो हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।” (रासस)
प्रकाशित समय १२:३३ बजे

















