गृहपृष्ठ विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, एकैदिन ८४ हजारमा संक्रमण

विश्वभर कोरोना संक्रमितको संख्या १२ लाख नाघ्यो, एकैदिन ८४ हजारमा संक्रमण

मृत्यु हुनेको संख्या ६५ हजार पुग्यो, करिब साढे २ लाखको सफल उपचार

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६४ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै साढे ५ हजार जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा बढी अमेरिकामा संक्रमण देखिएको अमेरिकामा अहिलेसम्म तीन लाख १० हजार २८६ जनामा संक्रमण देखिएको छ । एकै दिनमा मात्रै अमेरिकामा ३३ हजार १२५ जनामा नयाँ संक्रमण देखिएको छ भने आठ हजार ४५२ जनाको ज्यान गएको छ । त्यस्तै १४ हजार ७४१ जनाको उपचार भएको छ ।

त्यस्तै इटालीको भन्दा स्पेनमा संक्रमणको संख्या बढेको छ । इटालीमा एक लाख २६ हजार १६८ जनामा संक्रमण देखिएको छ । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ११ हजार ९४७ जनामा पुगेको छ ।

इटालीमा एक लाख २४ हजार ६३२ जनामा संक्रमण देखिएको छ भने १५ हजार तीन सय ६२ जनाको ज्यान गएको छ ।

(हेर्नुहोस् सूचीसहित)

प्रकाशित समय ०६:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु