गृहपृष्ठ अमेरिकामा तीन लाख ३७ हजारमा कोरोना, एकै दिन एक हजार १६५ को मृत्यु
अमेरिकामा तीन लाख ३७ हजारमा कोरोना, एकै दिन एक हजार १६५ को मृत्यु
कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाुउनेको संख्या बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै त्यहाँ एक हजार १६५ जनाको मृत्यु भएको छ ।
भाइरसका कारण अमेरिकाका विभिन्न राज्यहरुमा गरी तीन लाख ३६ हजार ६७३ जनामा संक्रमण फैलिएको छ । गएको २४ घण्टामै अमेरिकामा २५ हजार ३१६ जनामा नयाँ संक्रमण देखिएको छ । अहिलेसम्म नौ हजार ६१६ जनाको ज्यान गइसकेको छ ।
कोरोना संक्रमण भएपछि सञ्चो भएकाहरुको संख्या १७ हजार ९७७ पुगेकोक छ । अझै आठ हजार ७०२ जनाको अवस्था गम्भीर देखिएको छ ।
प्रकाशित समय ०६:५४ बजे

















