गृहपृष्ठ कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै मानिसको मृत्यु

कोरोनाबाट अमेरिकामा सबैभन्दा धेरै मानिसको मृत्यु

american_flag

कोरोना भाइरसका कारण अमेरिकामा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २० हजार ५७७ पुगेको छ । त्यस्तै अहिलेसम्म भाइरस संक्रमण हुनेको संख्या पाँच लाख ३२ हजार ८७९ पुगेको छ ।

चीनबाट विश्वभर रुपमा फैलिएको भाइरसका कारण सबैभन्दा बढी अमेरिका र युरोपियन मुलुकहरु प्रभावित छन् । छोटो समयमै अमेरिकामा सबैभन्दा बढी संक्रमण र ज्यान गइसकेको छ भने, अहिलेसम्म ३० हजार ४५३ जनाको मात्र उपचार भएको छ ।

स्पेनमा एक लाख ६३ हजार २७ जनामा संक्रमण देखिएको छ भने १६ हजार ६०६ जनाको ज्यान गएकोक छ । त्यस्तै ५९ हजार १०९ जनाको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै इटालीमा ज्यान गुमानेको संख्या इटालीभन्दा पछिकै दोस्रो बढी छ । इटालीमा १९ हजार ४६८ जनाको ज्यान गइसकेको छ भने एक लाख ५२ हजार २७१ जनामा संक्रमण देखिएको छ भने ३२ हजार ५३४ जनाको सफल उपचार भएको छ ।

प्रकाशित समय ०७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु