गृहपृष्ठ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार नाघ्यो, साढे १८ लाख संक्रमित
कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार नाघ्यो, साढे १८ लाख संक्रमित
चीनको हुवेइ प्रान्तस्थित एक अस्थायी अस्पताल ।
कोरोना भाइरस (कोभिड १९) का कारण ज्यान गुमाउनेको संख्या एक लाख १३ हजार नाघेको छ । सोमबार बिहानसम्म विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख १४ हजार २०१ जनाको ज्यान गएको छ ।
कोरोना संक्रमित हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । अहिलेसम्म १८ लाख ५२ हजार ५३३ जनामा कोरोना संक्रमण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । चार लाखभन्दा बढी कोरोना संक्रमितको उपचार पनि सफल भएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर चार लाख २३ हजार ३९९ जनाको सफल उपचार भइसकेको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमित देखिएका छन् । अमेरिकामा अहिलेसम्म पाँच लाख ६० हजार ४०२ जनामा संक्रमण देखिएको छ त्यस्तै २२ हजार १०५ जनाले ज्यान गुमाइसकेका छन् भने ३२ हजार ६३४ जनाको सफल उपचार भएको छ ।
स्पेनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १७ हजार २०९ पुगेको छ । त्यस्तै संक्रमित हुनेको संख्या पनि एक लाख ६६ हजार ८३१ पुगेको छ भने ६२ हजार ३९१ जनाको सफल उपचार भएको छ ।
इटालीमा पनि ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म इटालीमा १९ हजार ८९९ जनाको ज्यान गइसकेको छ । त्यस्तै संक्रमित हुनेको संख्या पनि एक लाख ५६ हजार ३६३ पुगेको छ भने ३४ हजार २११ जनाको सफल उपचार भएको छ ।
प्रकाशित समय ०६:५६ बजे

















