गृहपृष्ठ बीस लाख व्यक्तिमा पुग्यो कोरोना, एकै दिन साढे ७३ हजार संक्रमित

बीस लाख व्यक्तिमा पुग्यो कोरोना, एकै दिन साढे ७३ हजार संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमितको संख्या बीस लाखको हाराहारीमा पुगेको छ । बुधबार बिहानसम्म कोरोना संक्रमण हुनेको संख्या १९ लाख ९७ हजार ३५८ जनामा संक्रमण देखा परेको छ ।

भाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि प्रत्येक दिन हजारौंको संख्यामा बढ्दै गएको छ । अहिलेसम्म एक लाख २६ हजार ५६५ जनाले ज्यान गुमाइसकेका छन् भने चार लाख ७८ हजार ३२६ जनाको सफल उपचार भइसकेको छ । कोरोना संक्रमणपछि ५१ हजार ५९५ जनाको अवस्था जटिल रहेको छ ।

अमेरिकामा सबैभन्दा बढी मानवीय क्षति भएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा ज्यान गुमाउनको संख्या २६ हजार १६ पुगेको छ । त्यस्तै छ लाख १३ हजार ६२४ जनामा संक्रमण देखिएको छ भने ३८ हजार ७२१ जनाको कोरोना संक्रमणपछि सफल उपचार भएको छ ।

स्पेन अमेरिकापछिकै बढी संक्रमण भएको देशको रुपमा देखिएको छ । अहिलेसम्म स्पेनमा एक लाख ७४ हजार ६० जनामा संक्रमण देखिएको छ । त्यस्तै १८ हजार २५५ जनाको ज्यान गइसकेको छ भने ६७ हजार ५०४ जनाको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार इटालीमा ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । त्यस्तै एक लाख ६२ हजार ४८८ जनामा संक्रमण देखिएको छ भने ३७ हजार १३० जना उपचारपछि घर फर्किएका छन् । त्यस्तै फ्रान्समा पनि ज्यान गुमाउनेको संख्या १५ हजार नाघेको छ ।

बुधबार बिहानसम्म फ्रान्समा १३ हजार ७२९ जनाको ज्यान गएको छ । त्यस्तै एक लाख ४३ हजार ३०३ जनामा कोरोना देखिएको छ भने २८ हजार ८०५ जनाको सफल उपचार भएको छ ।

(सूचीसहित)

 

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु