गृहपृष्ठ कोरोना संक्रमित पाँच लाख १० हजार व्यक्तिको सफल उपचार
कोरोना संक्रमित पाँच लाख १० हजार व्यक्तिको सफल उपचार
सांकेतिक तस्बिर
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित पाँच लाख १० हजार व्यक्तिको सफल उपचार भएको छ । अहिलेसम्म विश्वका सबै देशमा फैलिएको भाइरसले प्रकोप रुप लिइरहेका बेला भाइरसग्रसित व्यक्तिको उपचार पनि सम्भव भइरहेको छ ।
चीनको वुहानबाट विश्वभर फैलिएको भाइरसका कारण संक्रमित र ज्यान गुमाउनको संख्या पनि बढेको छ । बिहीबार बिहानसम्म विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख ३४ हजार ५६० पुगेको छ । गएको २४ घण्टामा मात्रै करिब ८ हजार जनाले ज्यान गुमाएका छन् भने ८४ हजार ४६९ जनामा नयाँ संक्रमण देखिएको छ ।
अहिलेसम्म विश्वभर २० लाख ८२ हजार ३७२ जनामा नोबेल कोरोना भाइरस (कोभिड १९) देखा परेको छ । त्यस्तै पाँच लाख १० हजार चार जनाको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
प्रकाशित समय ०६:५४ बजे

















