गृहपृष्ठ कोरोना संक्रमित ६ लाख २५ हजार अस्पतालबाट ‘डिस्चार्ज’
कोरोना संक्रमित ६ लाख २५ हजार अस्पतालबाट ‘डिस्चार्ज’
विश्वभर महामारीको रुपमा फैलिएकोको नोबेल कोरोना भाइरस (नोभिड १९) का कारण संक्रमित भएर आइसोलेसनमा भर्ना भएका ६ लाख २५ हजार १२८ जनाको सफल उपचार भएको छ ।
सोमबार बिहानसम्म २४ लाख ७ हजार ३४० जनामा संक्रमित भएका छन् । गएको २४ घण्टामा मात्रै ५ हजारभन्दा बढीको ज्यान गएको छ भने ७५ हजारभन्दा बढी संक्रमित देखिएका छन् ।अहिलेसम्म विश्वभर एक लाख ६५ हजार ३१ जनाको ज्यान गइसकेको छ । अहिले पनि ५४ हजार २२५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
सबैभन्दा बढी कोरोना संक्रमण र ज्यान गुमाउनेको मुलुकको रुपमा अमेरिका देखा परेको छ । अमेरिकामा अहिलेसम्म ४० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने सात लाख ६४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै ७१ हजारभन्दा बढीको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकापछिको बढी संक्रमित भएको मुलुक स्पेन देखिएको छ । स्पेनमा एक लाख ९८ हजार ६७४ जनामा संक्रमण देखिएको छ भने २० हजार ४५३ जनाको ज्यान गएको छ । त्यस्तै ७७ हजार ३५७ जनाको सफल उपचार भएको छ ।
इटालीमा पनि संक्रमितको संख्या एक लाख ७८ हजार नाघेको ४० हजारभन्दा बढीको ज्यान गइसकेको छ भने सात लाख ६४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । त्यस्तै ७१ हजारभन्दा बढीको सफल उपचार भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अमेरिकापछिको बढी संक्रमित भएको मुलुक स्पेन देखिएको छ । स्पेनमा एक लाख ९८ हजार ६७४ जनामा संक्रमण देखिएको छ भने २० हजार ४५३ जनाको ज्यान गएको छ । त्यस्तै ७७ हजार ३५७ जनाको सफल उपचार भएको छ ।
इटालीमा पनि संक्रमितको संख्या एक लाख ७८ हजार नाघेको छ । त्यस्तै २३ हजार ४५३ जनाको ज्यान गएको छ भने ४७ हजारभन्दा बढी संक्रमितको सफल उपचार भएको छ । ग्रीनल्यान्डमा भने अहिलेसम्म ११ जनामा संक्रमण देखिएको थियो । सबैजनाको सफल उपचार भइसकेको छ । त्यो मुलुकमा मात्रै सबै संक्रमितको सफल उपचार भएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी मुलुक भारतमा भने कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । सार्कका ८ मुलुकमध्ये सबैभन्दा बढी भारतमा नै संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १७ हजार ६१५ जनामा संक्रमण देखिएको छ भने ५५९ जनाको ज्यान गएको छ । त्यस्तै भारतमा दुई हजार ८५४ जनाको सफल उपचार भएको छ । अझै २२४ जनाको अवस्था गम्भीर देखिएको छ ।
नेपालमा पनि कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । ती मध्ये ४ जनाको सफल उपचार भइसकेको छ । बाँकी २७ जनाको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।
प्रकाशित समय ०९:५५ बजे

















