गृहपृष्ठ विश्वभर ३० लाख व्यक्तिमा कोरोना संक्रमण, दुई लाख ६ हजारभन्दा बढीको मृत्यु

विश्वभर ३० लाख व्यक्तिमा कोरोना संक्रमण, दुई लाख ६ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा १० लाखको हाराहारीमा संक्रमित, साढे ५५ हजारको मृत्यु

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३० लाखको हाराहारीमा पुगेको छ भने दुई लाख ६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । सोमबार बिहानसम्म भाइरसका कारण दुई लाख छ हजार ७९३ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

जनवरी २२ देखि चीनको वुहान सहरबाट फैलिएको भाइरस २९ लाख ९४ हजार ४३६ जनामा पुगेको छ भने आठ लाख ७८ हजार ७०७ जना उपचारपछि घर फर्किएका छन् । संक्रमितमध्ये करिब २० लाख जनाको पुनः परीक्षण गर्दा अझैं पोजेटिभ देखिएको छ । त्यस्तै ५७ हजार ६०२ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा प्रकोप देखिएको छ । अमेरिकामा भाइरस संक्रमितको संख्या १० लाखको हाराहारीमा पुगेको छ । सोमबार बिहानसम्म अमेरिकामा ९ लाख ८७ हजार १६० पुगेको छ । त्यस्तै ५५ हजार ४१३ जनाको ज्यान गएको छ ।

फैलिएको भाइरसका कारण विश्वभर ४९ जना गैरआवासीय नेपालीहरुले पनि ज्यान गुमाइसकेका छन् । गैरआवसीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको हो । यस्तै विदेशमा संक्रमण भएका नेपालीमध्ये ४ सय ३४ जना निको भएको समितिले जनाएको छ ।

तथ्यांकअनुसार नेपालबाहेक विश्वभर १ हजार ९ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएका छन् । संक्रमित भएकाहरुमा अमेरिका १ हजार, बेलायत ७ सय, युएई ८१, बहराईन ४९, कुवेत ४२, पोर्चुगल २७, आयरल्याण्ड २२, स्पेन १२ छन् । यसैगरी अस्ट्रेलिया ११, स्वीट्जरल्याण्ड ५, बेल्जियम ६, साउदी अरब ४, जर्मनी ४, मलेसिया ३, क्यानडा ३, न्युजील्याण्ड ३, साइप्रस ३ जापान २ हङकङ २, माल्टा २ र फ्रान्समा १ जनालाई संक्रमण भएको छ ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु