गृहपृष्ठ विश्वभर २४ घण्टामै थपिए एक लाख ७ हजार कोरोना संक्रमित
विश्वभर २४ घण्टामै थपिए एक लाख ७ हजार कोरोना संक्रमित
कुल संक्रमितको संख्या ५२ लाखनजिक, ३ लाख २४ हजारको मृत्यु
विश्वभर बितेका २४ घण्टामै कोरोनाभाइरसबाट हुने कोभिड १९ संक्रमितको संख्या १ लाख ७ हजारले थपिएको छ । बिहीबार बिहानसम्म ५० लाख ८२ हजार संक्रमित रहेकोमा शुक्रबार बिहान बढेर ५१ लाख ९० हजार नाघेको हो ।
सबैभन्दा धेरै अमेरिकामा २८ हजार र ब्राजिलमा १७ हजार संक्रमित थपिएका छन् । त्यस्तै रुसमा ८ हजार र भारतमा ६ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
विश्वभर ३ लाख ३४ हजार १७३ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा मात्रै मृतकको संख्या ९६ हजार ३५४ पुगेको छ । त्यस्तै बेलायतमा ३६ हजार र इटलीमा ३२ हजारले ज्यान गुमाएको वर्ल्डोमिटरले जनाएको छ । भारतमा २४ घण्टामा १५० जनाले ज्यान गुमाएका छन् । यससँगै भारतमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५८४ पुगेको छ । भारतमा कुल संक्रमित संख्या १ लाख १८ हजार २२६ छ ।
प्रकाशित समय ०७:५२ बजे

















