गृहपृष्ठ विश्वभर एकै दिन थपिए दुई लाख ९० हजार कोरोना संक्रमित

विश्वभर एकै दिन थपिए दुई लाख ९० हजार कोरोना संक्रमित

एक करोड २३ लाख ५० हजार ४९१ जनाको सफल उपचार

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९२ लाखभन्दा बढी पुगेको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ९० हजार कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या एक करोड ९२ लाख ५७ हजार ६९५ पुगेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सात लाख ५७ हजारभन्दा बढी पुगेको छ । वितेको २४ घण्टामा मात्रै विश्वभर साढे सात हजारको ज्यान गएको छ । कुल संक्रमितमध्ये एक करोड २३ लाख ५० हजार ४९१ जनाको सफल उपचार भएको छ ।

त्यस्तै कुल संक्रमितमध्ये २२ लाख ९२ हजार ७०७ जनाको उपचार भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उपचाररतमध्ये पनि ६५ हजार संक्रमितको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । सबैभन्दा बढी संक्रमण भएको अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै ५८ हजार ६११ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५० लाख ३२ हजार १७९ पुगेको हो ।

अहिलेसम्म ज्यान गुमाउनेको संख्या एक लाख ६२ हजार ८०४ जनाको ज्यान गएको छ । बिहीबार मात्रै अमेरिकामा एक हजार २०३ जनाको ज्यान गएको हो । त्यस्तै २५ लाख ७६ हजार ६६८ जनाको सफल उपचार भएको छ भने २२ लाख ९२ हजार ७०७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि १८ हजार २९२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ ।

ब्राजिलमा कोरोना संक्रमितको संख्या २९ लाख १७ हजार ५६२ पुगेको छ । एकै दिनमा मात्रै ब्राजिलमा ५४ हजार ८०१ जनामा संक्रमण देखिएको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख नजिक छ । एकै दिनमा एक हजार २२६ जनाको ज्यान गएपछि मृत्यु हुनेको संख्या ९८ हजार ६४४ पुगेको हो ।

प्रकाशित समय १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु