गृहपृष्ठ भारतमा कोभिड–१९ संक्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

भारतमा कोभिड–१९ संक्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी

भारतमा कोरोना भाइरस संक्रमितको संख्या शनिबारसम्म एक करोड छ लाख ५४ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड छ लाख ५४ हजार ५३३ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणको कारण १५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ३३९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम सुरु भईसकेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १९७ जना थप व्यक्तिमा कोरोना भाइरसका संक्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ सुरु भएयता भाइरस संक्रमणको कारण दिल्लीमा १० हजार ७९९ को मृत्यु भइसकेको छ ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड १७ लाख ६ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शनिबार एकै दिनमा मात्र सात लाख ८१ हजार ७५२ जनाको कोभिड-१९ परीक्षण गरेको जनाइएको छ ।

प्रकाशित समय १५:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु