गृहपृष्ठ शुरुङ्ग मार्ग निर्माणमा स्वीस सरकारको विशेष दक्षता: अर्थमन्त्री खतिवडा

शुरुङ्ग मार्ग निर्माणमा स्वीस सरकारको विशेष दक्षता: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडासँग स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएर सागरले शिष्टाचार भेट गरेका छन् ।
अर्थ मन्त्रालयमा बिहीबार भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पु¥याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे । भेटमा थप सहयोगका क्षेत्रहरुबारे छलफलसमेत भएको थियो ।
विशेषगरी यातायात तथा शुरुङ्ग मार्ग निर्माणमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले उक्त प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले धारणा व्यक्त गरे । उनले नेपाल सरकारले प्रस्ताव गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडि बढाउन स्वीस सरकारसँग विशेष आग्रह गरे ।
भेटमा महानिर्देशक सागरले नेपालले राजनीतिक स्थिरता प्राप्त गर्न सफल भएको बताउँदै नयाँ संविधान कार्यान्वयनको चरणमा भएकोमा खुशी व्यक्त गरे । उनले नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा स्वीजरल्याण्डका नेपालस्थित राजदूत एन्साबेथ भाउ केपलरको समेत सहभागिता थियो ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु