गृहपृष्ठ वर्ल्डलिंकले ल्यायो वर्ल्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी
वर्ल्डलिंकले ल्यायो वर्ल्ड कप झक्कास् योजना, इन्टरनेट किन्दा सित्तैमा नेट टिभी
काठमाडौं- वर्ल्ड लिंक कम्युनिकेसन्स प्रा.लि.ले ‘बिस तिस पच्चास वर्ल्डकप झक्कास्’ नामक प्याकेज योजना ल्याएको छ । विश्वकप फुटबल २०१८ नजिकिएका बेला वर्ल्डलिंकले इन्टरनेट किन्दा निशुल्क नेट टिभी पाउने ‘बिस तिस पच्चास वर्ल्डकप झक्कास्’ नामक प्याकेज योजना ल्याएको हो ।
यस्तो प्याकेज किन्ने फुटवल प्रेमीले १२ महिनासम्म निशुल्क नेटटिभी पाउनसक्नेछन् । नेटटिभीबाट ग्राहकहरुले फूल एचडी च्यानलबाट वर्ल्डकप खेल हेरेर आनन्द लिन सक्ने वर्ल्ड लिंकले जनाएको छ । वर्ल्डलिंकको झक्कास् प्याकेज खरिद गर्दा २०, ३० र ५० एमबिपिएसको द्रुत गतिको अनलिमिटेड इन्टरनेटका साथै ५५ भन्दा बढी एचडी च्यानल र १३५ भन्दा बढी एसडी च्यानल भएको नेटटिभि निशुल्क पाउन सकिने वर्ल्ड लिंकले जनाएको छ ।
एकबर्षको प्याकेज खरिद गर्दा रु.५०० डिपोजिटको साथमा सेट टप बक्सको भाडा स्वरुप २५०० रुपैयाँ भुक्तानी गर्नुपर्छ । त्यस्तै ६ महिनाको प्याकेज खरिद गर्दा ५०० रुपैयाँ डिपोजिट र सेट टप बक्सको १००० रुपैयाँ भुक्तानी गर्नु पर्नेहुन्छ ।
प्रकाशित समय ०९:१५ बजे

















