गृहपृष्ठ मीना ढकालले फिल्म बनाउने, मुख्य भूमिकामा अाफैं
मीना ढकालले फिल्म बनाउने, मुख्य भूमिकामा अाफैं

काठमाडाैं- हाँस्यव्यंग्यकार मनोज गजुरेलसँग डिभोर्स लिएपछि आफूलार्इ कलाकारितामा भिजाउन प्रयासरत मीना ढकालले फिल्म बनाउने भएकी छन् । दुर्इवटा गीत रेकर्ड गरेर चर्चा कमाएकी मीनाले फिल्म निर्माण गर्ने भएकी हुन् ।
मीनाले लेखक तथा निर्देशक आर्यन शर्मासँग मिलेर नारीप्रधान लभस्टोरी फिल्म बनाउन लागेको जानकारी दिइन् । आफ्नै मुख्य भूमिकामा फिल्म बनाउन लागेको उनले बताइन् । एक करोडभन्दा बढी लगानी रहने फिल्मको नाम भने जुरिसकेको छैन । फिल्ममा पुरानाभन्दा नयाँ कलाकारलार्इ अवसर दिने उनको तयारी छ । फिल्ममा नायक पनि नयाँ रहनसक्ने उनले बताइन् । मिनाले गाएको पहिलो गीतबारे धेरैले नकारात्मक टिप्पणि गरे पनि दोस्रो गीतले भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।
प्रकाशित समय ११:५८ बजे