गृहपृष्ठ पशुपतिमा राष्ट्र कल्याणको संकल्पले विशेष पूजा
पशुपतिमा राष्ट्र कल्याणको संकल्पले विशेष पूजा
संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको संकल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रूपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए ।
यस अवसरमा कोषले बिहीबार बेलुकी पशुपति मन्दिर परिसरमा भक्ति संगीत कार्यक्रम आयोजना गर्नुका साथै दीपावलीसमेत गरेको थियो । कार्यक्रममा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापालगायत कर्मचारी सहभागी भएका थिए । यस अवसरमा शुक्रबार र शनिबार पनि पशुपति क्षेत्रमा दीपावली गर्ने जनाइएको छ । (रासस)
प्रकाशित समय १५:३७ बजे

















