गृहपृष्ठ औद्योगिक विकासको माध्यम लघु, घरेलु तथा साना उद्योग

औद्योगिक विकासको माध्यम लघु, घरेलु तथा साना उद्योग

fncsi with sachib & dg (1)

देशमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएकाले यसको प्रवदद्धन गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले उत्पादन, रोजगारी र कुल गार्हस्थ उत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको बताए । साना उद्योगको प्रवर्द्धन र विकासविना मुलुकको आर्थिक सम्वृद्धि सम्भव नहुने उनको भनाइ थियो । समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेशअनुरुप लघु घरेलु तथा साना उद्योग सम्बन्धी नीतिहरु थप प्रष्ट एवं नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आए मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुनसक्ने कार्यवाहक अध्यक्ष सिंहले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले साना उद्योगका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने भन्दै यस्ता उद्योगहरुबाट गुणस्तरीय र प्रतिष्पर्धी उत्पादन बजारमा आउनुपर्नेमा जोड दिए । पछिल्लो समय बढ्दो लागत र दोहोरो करबारे उद्योगीहरुको झेल्नु परेकोतर्फ ध्यानाकर्षण गर्दै तहमा कतै पनि दोहोरो करमा व्यवसायी परेमा ठोस प्रमाणसहित देखाइदिए समाधान गर्न सहज हुने उनले बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयका सचिव विनोद केसीले नेपालको मौलिक संस्कृति परम्परा र पहिचान बोकेका उत्पादन अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्ने भएकाले यो क्षेत्रको विशेष महत्व रहेको बताए । यस्ता उद्योगहरुमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका विषयमा पनि सहभागी गराउँदा झनै राम्रो हुने भएकाले कामदार सुरक्षित हुने उपयुक्त माध्यम नै सामाजिक सुरक्षा योजना भएको बताए ।

उद्योग विभागका महानिर्देशक जीवनप्रकाश सिटौलाले औद्योगिक विकास गर्नका लागि मुख्य आधार नै साना उद्योग भएको भन्दै गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुने रैथाने कुटील उद्योगकोे विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको बताए । विभागले यस्तै उद्योगको प्रवद्र्घनमा काम गर्दै आएको जानकारी दिंदै उनले यो क्षेत्रमा देखिएका समस्या र सम्भावनाका विषयमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्याल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयका सचिव केसी र उद्योग विभागका महानिर्देशक सिटौलालाई सम्मान गरिएको थियो ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु