गृहपृष्ठ एक्स्काभेटरबाट लडेर बैतडीमा एक जनाको मृत्यु
एक्स्काभेटरबाट लडेर बैतडीमा एक जनाको मृत्यु
बैतडीको मेलौली नगरपालिका- ५ मा बिहीवार एक्स्काभेटरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । लामालेक-ढणौन सडकखण्डको पेलेमा एक्स्काभेटरमा सवार पुजारा लडेपछि त्यही एक्स्काभेटरले किचेको प्रहरीले जनाएको छ । एक्स्काभेटर चालक ३० वर्षीय शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइहरेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:१६ बजे

















