गृहपृष्ठ मर्जरअघि नै पुँजी पुर्याउँदै ‘मेगा बैंक’,
मर्जरअघि नै पुँजी पुर्याउँदै ‘मेगा बैंक’,
काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडलाई गाभ्ने अन्तिम प्रक्रियामा मर्जरअघि नै राष्ट्र बैंकले तोकेको न्युनतम चुक्तापँजी पुर्याउने भएको छ । बैंकले आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिएर आठ अर्ब चुक्तपुँजी पुर्याउन लागेको हो ।
संचालक समितिको बैठकले ६५ प्रतिशत हकप्रद जारी गरेपछि कायम चुक्तापुँजीको ९।४५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । हाल मेगा बैंकको चुक्तापुँजी सात अर्ब ३७ करोड ६७ लाख ४२ हजार पाँच सय २० रुपैयाँ रहेको छ । उक्त पुँजीको ९।४५ प्रतिशतले हुने ६९ करोड ७१ लाख दुई हजार एक सय ६८ रुपैयाँ बराबरको बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।
बैंक संचालक समितिद्धारा प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
प्रकाशित समय ००:३० बजे