गृहपृष्ठ प्रधानमन्त्री बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक
फाइल तस्बिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका एजेण्डाका विषयमा मन्त्रीहरुलाई जानकारी गराइएको छैन ।
दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने वा संकटकालको अभ्यासका लागि बैठक बोलाएको हुनसक्ने एक मन्त्रीले जानकारी दिए । नेकपामा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीको सम्भावित कदमका विषयमा प्रचण्ड-नेपाल समूहका नेताहरुले छलफल गरेका छन् ।
नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रचण्ड-नेपाल समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाव दिँदै आएका छन् ।
प्रकाशित समय ११:४० बजे

















