गृहपृष्ठ कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि
कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । तीन जिल्लाका गरी पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको हो ।
प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी–पीसीआर परीक्षणमा तीन जना, दैलेख अस्पतालमा एक जना र चौहजहारी नरपालिकाको पीसीआर प्रयोगशालामा गरिएको परिक्षणमा एक जनामा कोरोना भाइरस पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार वीरेन्द्रनगर १२ सुर्खेतका ३७ वर्षीय पुरुष, चिङगाड गाउँपालिका सुर्खेतका २२ वर्षीय महिला र ६५ वर्षीय पुरुष, डुंङ्गेश्वर गाउँपालिका दैलेखका ४४ वर्षीय पुरुष र छेडागाढ नगरपालिका जाजरकोटका २६ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरुको संख्या एक हजार ९७० पुगेको छ ।
शनिबार नै कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त हुनेको संख्यासमेत प्रदेशभर ५ रहेको महाशाखाको तथ्यांक छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसबाट मुक्त हुनेको संख्या एक हजार ८६८ पुगेको महाशाखाका प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । प्रदेशभर भाइरस एक्टिभको संख्या भने ९६ रहेको तिवारीले बताए ।
प्रकाशित समय १९:०३ बजे

















