गृहपृष्ठ दुई अर्ब भन्दा बढी राजस्व संकलन
दुई अर्ब भन्दा बढी राजस्व संकलन
चितवन, आन्तरिक राजस्व कर्यालय भरतपुरले आर्थिक वर्ष २०७४÷७५ छ महिनामा गत वर्षको अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ ।
पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका बताए । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो ।
लक्ष्यभन्दा ११०।३७ प्रतिशत बढी राजस्व संकलन भएको छ । गत आर्थिक बर्ष पुस मसान्तसम्ममा रु छ अर्ब ९० करोड ९५ लाख ४९ हजार राजस्व संकलन गरेको थियो ।विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट रु सात अर्ब ८८ करोड ३४ लाख नौ हजार राजस्व संकलन भएको थियो । कार्यालयले चितवन र नवलपुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताए ।
विकास लगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उहाँले बताए । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित समय ११:३७ बजे

















