गृहपृष्ठ कुन बैंककाे नाफा कति ?
कुन बैंककाे नाफा कति ?
काठमाडौं-वाणिज्य बैंकले निष्काशन गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको दोस्रो त्रैमाशको तुलनामा चालु आर्थिक वर्षको त्यहि अवधिमा चार बैंकले नाफा घटाएका छन् भने दुईले बढाएका छन्।
प्रभु बैंक
प्रभु बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६३ करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा १ अर्ब ११ करोड रुपैयाँ थियो। बैंकले ६ महिनामा एक अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसको लागि ८६ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ७१ अर्ब ६३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ६ अर्ब ५३ करोड रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब १० करोड रुपैयाँ जम्मा भएको छ। पूँजी कोष अनुपात ११.२४ प्रतिशत छ।
सनराइज बैंक
सनराइज बैंकले ५८ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष ६० करोड ९७ लाख रुपैयाँ थियो। बैंकले खुद ब्याज आम्दानी एक अर्ब २७ करोड गरेको छ। बैंकले ६३ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड रुपैयाँ छ भने प्रतिशेयर आम्दानी १४ रुपैयाँ छ।
एनआइसि एशिया बैंक
एनआइसि एशिया बैंकको नाफा घटेको छ। बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ५७ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ भने गत वर्षमा ७२ करोड १४ लाख रुपैयाँ थियो।
बैंकले खुद ब्याज आम्दानी एक अर्ब ६४ करोड रुपैयाँ गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब रुपैयाँ जम्मा भएको छ।
माछापुछ्रे बैंक
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ४७ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा ५७ करोड ५३ लाख रुपैयाँ थियो। बैंकले यसै अवधिमा १ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यसको लागि ६४ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब २६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ४४ करोड रुपैयाँ जम्मा भएको छ।
एनसिसी बैंक
एनसिसी बैंकले ३५ करोड ४६ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यहि अवधिमा ७ करोड ७६ लाख रुपैयाँ थियो। बैंकले खुद ब्याज आम्दानी ५८ करोड ७४ लाख रुपैयाँ गरेको छ। बैंकले ५८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ जम्मा भएको छ।
सिभिल बैंक
सिभिल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड ६९ लाख रुपैयाँ नाफा गरेको छ। साथै गत वर्षको यहि अवधिमा १६ करोड ७३ लाख रुपैयाँ थियो। बैंकले ६ महिनामा खुद ब्याज आम्दानी ५७ करोड ८४ लाख रुपैयाँ गरेको छ। यसको लागि बैंकले ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३३ अर्ब ५५ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ छ भने प्रतिशेयर आम्दानी ८ रुपैयाँ छ।
–साभारः बिजमाण्डु
प्रकाशित समय ०८:०१ बजे