गृहपृष्ठ नेपाललाई विश्व बैंकले दिने सहायता रणनीति बनाउँदै

नेपाललाई विश्व बैंकले दिने सहायता रणनीति बनाउँदै

काठमाडौं- विश्व बैंकले आगामी ४ वर्षका लागि नेपाललाई दिने ऋण सहयोगको विषयमा छलफल थालेको छ । सन् २०१९ देखि ०२२ सम्म ४ वर्षका लागि नेपालका  विकास आयोजनामा गर्न सकिने सहयोगको विषयमा विश्व बैंकले सरोकारवालासंग छलफल थालेको हो ।

सन् २०१४ देखि सुरु भएको बैंकको ५ वर्षे नेपाल सहायता रणनीति (कन्ट्रि पार्टनरसिप फ्रेमवर्क) को समय यो वर्ष सकिदै छ । आगामी वर्षदेखि रणनीति ४ वर्षका] बनाउने भएको छ ।

आगामी वर्षदेखि नेपाललाई दिने नयाँ सहयोग रणनीति बनाउनका लागि छलफल सुरु भएको अर्थ मन्त्रालय अन्तराष्ट्रिय आर्थिक समन्वय सहायता महाशाखाका उपसचिव टेकबहादुर खत्रीले बताए “विश्व बैंकले जति पनि सहयोग गर्न तयार छ, तर हामीले खर्च गर्न सकेका छैनौ उनले भने । दाताले दिएको सहयोग खर्च हुन सकेको छैन ।

विश्व बैंकले मुलत पुर्वाधार र सामाजिक गरी ६ वटा क्षेत्रमा सहयोग गर्दै आएको छ । ऊर्जा, प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग गर्दै आएको छ । विभिन्न किसिमको विकास आयोजना सञ्चालन गर्न वार्षिक ४० करोड अमेरिकी डलर (करिव ४० अर्ब रुपैयाँ) नेपाललाई सहयोगको ?kdf प्रतिवद्धता गर्दै आएको छ । आगामी वर्षदेखि सहयोग बढाउने तयारी बैंकको रहेको छ ।

 

५ वर्षयता दिँदै आएको अर्बौ रुपैयाँ अनुदान कटौती गरेको छ । नेपाललाई सहुलियत दरमा ऋण सहयोग गर्दै आएको विश्व बैंकले ऋण सहयोग गरेवापत सेवा शुल्क र प्रतिवद्धता शुल्क मात्र लिँदै आएको छ । भूकम्पबाट भत्किएका विद्यालयलाई ठुलो रकम सहयोग गरेको छ ।

हालसम्म भूकम्पबाट भत्केका घर बनाउन, शिक्षा क्षेत्र विकास, कावेली ए जलविद्युत आयोजना, नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजना, गरिवी निवारण कोष, कावेली प्रसारणलाइन, मानव विकास र सामाजिक, सडक क्षेत्र सुधार, टेलिकम, नारायणी र महाकाली सिंचाइ जस्ता वृहत आयोजनामा सहयोग गरेको छ ।

प्रकाशित समय ०२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु