गृहपृष्ठ एनसीसी बैंकको संस्थापक सेयर मूल्य १७० जीतबहादुर र लक्ष्मीबहादुरलाई २८ करोडको धक्का

एनसीसी बैंकको संस्थापक सेयर मूल्य १७० जीतबहादुर र लक्ष्मीबहादुरलाई २८ करोडको धक्का

काठमाडौं – एनसीसी बैंकको ७० लाख कित्ता सेयर सेयर लिलामीमा राखेको जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ ९एनबी समूह०लाई २८ करोड रुपैयाँको ध्रक्का लागेको छ । एनबी समूहले तोकेको मूल्य भन्दा प्रतिकित्ता ४० रुपैयाँ कम तोकेरे सोही बैंकको संस्थापक सेयर बिक्री गर्न नेपाल इन्स्योरेन्स कम्पनीले लिलामीको सूचना प्रकाशित गरेपछि श्रेष्ठ दाजुभाईलाई २८ करोड घाटाको जोखिम देखिएको छ ।
एनबी समूहले एनसीसी बैंकको संस्थापक सेयर प्रति कित्ता २१० रुपैयाँ न्यूनतम मूल्य राखेर ७० लाख कित्ता सेयर बढाबढ मूल्यमा लिलामीमा राखेको भोलिपल्ट नेपाल इन्स्योरेन्स कम्पनीले सोही बैंकको संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य राखेर लिलामीमा राखेको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो ।

एनबी समूहका लक्ष्मी, जेन र जीतबहादुर श्रेष्ठ
इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १७० रुपैयाँ मूल्य तोकेपछि एनबी समूहले लिलामीमा राखेको सेयरले २१० रुपैयाँ मूल्य पाउने सम्भावनालाई कमजोर बनाएको छ । एउटै कम्पनीको एउटै प्रकृतिको सेयरमा प्रतिकित्ता ४० रुपैयाँ फरक भएकाले लगानीकर्ताले सस्तो मूल्यलाई आधार मानेर महँगो मूल्य नकार्न सक्ने देखिएको छ ।
लिलामीमा राखेको सेयर लिनको लागि माघ २८ गते भित्र आवेदन गर्नु पर्ने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल मार्केट्सले जनाएको छ । जीतबहादुर र लक्ष्मीबहादुरले लिलामीमा राखेको सेयर फागुन ३ गतेसम्म आवेदन गर्न सक्ने बिक्री प्रबन्धक सीआईबीएल क्यापिटललिनले जनाएको छ ।
स्रोतका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी सेयरको लागत, नेटवर्थ, बजार मूल्य, कम्पनीले दिने सम्भावित लाभांश र भविष्यमा हुन सक्ने सम्मावित मूल्य परिवर्तनलाई आधार मानेर प्रतिकित्ता १७० रुपैयाँ न्यूनतम मूल्य तोकि बढाबढ मूल्यमा लिलाम गर्न सूचना प्रकाशित गरेको हो । एउटै कम्पनीको संस्थापक सेयर मूल्य देखिएको यति ठूलो अन्तर संयोग मात्र हो वा कपोर्रेट वार हो रु भविष्यमा खुल्दै जाने छ ।

प्रकाशित समय ०६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु