गृहपृष्ठ दर्जनबढी उद्योगले सिमेन्ट र डण्डीको भाउ घटाए ५० पैसादेखि ५० रुपैयाँसम्म
दर्जनबढी उद्योगले सिमेन्ट र डण्डीको भाउ घटाए ५० पैसादेखि ५० रुपैयाँसम्म
काठमाडौं – सिमेन्ट र डन्डीको भाउ चौतर्फी दवावपछि भएपछि उद्योगहरुले ५० पैसादेखि ५० रुपैयाँसम्म सिमेन्ट र डण्डीको मूल्य घटाएका छ ।
आइतबारसम्ममा १४ उद्योगले २० किसिमका सिमेन्ट र डण्डीको मूल्य घटाएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जानकारी दिए ।
वृज सिमेन्ट ईण्डष्ट्रिजको ओपिसी, पिपिसी र पिएससी सिमेन्टमा प्रतिबोरा ५० रुपैयाँको दरले घटाएको छ । अर्घाखाँची सिमेन्टले ४५ रुपैयाँ प्रति बोरामा घटाए ।
भु–गर्व सिमेन्टको ओपिसी र पिपिसी बोराको ३० रुपैयाँको दरले घटाए । शुरुमा नै शिवम् सिमेन्टको २२ रुपैयाँ ६० पैसा घटाएको हो ।
निर्माण सिमेन्टमा १५ रुपैयाँ घटेको छ । अम्बे, दोभान, शुभ श्री जगदम्बा, मारुतीका विभिन्न ब्राण्डका सिमेन्टमा २० रुपैयाँ घटेको छ । नरायणी, सर्वोत्तम, अग्नि, घोराही लगायतका विभिन्न किसिमका प्रतिबोरा सिमेन्टमा १० रुपैयाँ घटाएको विभागले जानकारी दिएको छ । जगदम्बा स्टिलले डण्डीमा प्रतिकिलो ५० पैसा घटाएको छ ।
उल्लेखित विभिन्न उद्योगहरुको सिमेन्टको प्रतिबोरा घटेको मूल्य ६९५ देखि ८८७ रुपैयाँसम्म तोेकिएको छ । जसमा सबैभन्दा बढी मूल्य शिवम् सिमेन्टको छ भने कम मूल्य घोराही सिमेन्टको रहेको छ ।
विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठले अधिकांश सिमेन्टहरुको मूल्य घटेको र ‘अझै घटाउन बाँकी उद्योगहरुले मूल्य घटाइरहेको जानकारी दिए । दण्डीको मूल्य घट्ने क्रममा छ ।’ बाँकी डण्डी उद्योगहरुले पनि मूल्य घटाउने उद्योगीहरुले मूल्य घटाइसकेको अवस्थामा बिक्रेताहरुले घटाए नघटाएको सम्बन्धमा समेत विभागले अनुगमन सुरु गरिसकेको बताए । ‘विभागले सिमेन्ट र डण्डी बिक्रेता कम्पनीहरुलाई उद्योगीहरुले घटाएको मूल्यमा विक्री गर्न निर्देशन गरिसकेका छ ।’
प्रकाशित समय १६:२९ बजे