गृहपृष्ठ इरफान खान र दिपिका पादुकोण नेपाल आउने

इरफान खान र दिपिका पादुकोण नेपाल आउने

काठमाडौं -बलिउड अभिनेत्री दिपिका पादुकोण र अभिनेता इरफान खान विशाल भारद्वाजको निर्देशनमा बन्ने फिल्मको छायाँकनको नेपाल आउने भएका छन् । दिपिका र इरफान तीन वर्षपछि एकसाथ देखिन लागेका छन्। यसअघि सुजित सिरकारको कमेडी ड्रामा ‘पिकु’मा उनीहरुले स्क्रिन सेयर गरेका थिए।
टि सिरिज, विशाल ब्यानर र क्रिआर्ज इन्टरटेन्मेन्टले संयुक्त रुपमा फिल्मको निर्माण गर्ने भएको छ।
क्रिआर्ज इन्टरटेन्मेन्टकी प्रेरणा अरोराले फिल्मको छायाँकन मार्च ५ मा नेपालमा हुने बताएकी छन्। फिल्म उपन्यास ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित हुने बताइएको छ। फिल्मको प्रदर्शन मिति भने तय भएको छैन्।

प्रकाशित समय ०२:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु