गृहपृष्ठ एउटा मोबाइल किन्दा अर्को सित्तैंमा

एउटा मोबाइल किन्दा अर्को सित्तैंमा

काठमाडौं, २ फागुन- केएल मोबाइलहबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइलदिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइलहबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटीस्थित के एल टावरको भु“ई तल्लामा रहेको मोबाइलहबले हरेक मोबाइलको खरिदमा हातखाली नजाने एक्सक्लुसिभ अफर सहितअफर भित्र पनि अफरनामको मोबाइल मेला आयोजना गरेको हो । फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खालीन जाने उपहारहरु पनि ग्राहलाई मोबाइलहबले बितरण गर्नेछ ।
मेलामा मोबाइल खरिद गर्दा मोबाइलहबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैया“ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ ।

मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गरिरहेको छ । गल्फ र डार्ट बोर्ड गेम जित्ने ले उपाहर तथा छुट पाउने छन् ।
मेलावधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशःओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल पाउने छ ।
मोबाइलहबले ५० हजार रुपैया“ भन्दामाथिको स्मार्टफोन खरीदगर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ । मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्ने छ ।

दशैंतिहारको उपहार खोलियो, कसले के जिते ?

यसै बिच मोबाइलहबले दशैं तिहारमा सञ्चालन गरेकोअफर भित्र पनि अफरको गोला प्रथा खोलेर विजेताहरु छनौट गरेको छ । ताम्राकार कम्प्लेक्स न्यूरोडस्थित सिटिभी मोबाइल, सिटीसी मलस्थित द वल्र्ड भिजन र केएल मोबाइलहब र एप्पल वल्र्ड दरबामार्गमा मोबाइलखरिद गरेकाहरु मध्येबाट विजेताहरु छनौट गरिएको हो ।

उपहार योजनाको पहिलो उपहार यामाहाको आर वान फाइभ मोटरसाइकल कुपन नं. ११५८ का बुढानिलकण्ठ बस्ने नबिन श्रेष्ठले पाएका छन् । त्यसै गरि कुपननम्बर २२०७ का कालिमाटी बस्ने सफल न्यौपानेले आइफोन ८ पाएका छन् । कुपननम्बर २६९३ का हात्तिबनबस्ने सुरज महर्जनले मलेशिया र सिंगापुर भ्रमणको प्याकेज जितेका छन् । १०५० कुपननम्बरका बौद्धबस्ने शिक्षालामाले भिभोको वाई ३ मोबाइल जितेकी छन् । कुपननम्बर २२४७ की यांगी शेर्पाले जेडटीईको एस ६ मोबाइल जितेकी छन् । कुपन नं. २५४९ का बल्खु बस्ने परमेश्वर उप्रेतीले लेनेभोको ए १००० मोडलको मोबाइल जितेका छन् ।

विश्वबजारमा पाइने २५भन्दा बढी मोबाइल कम्पनीका उत्पादनहरु मोबाइल हबमा उपलब्ध छन् । हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, भिभो, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वानप्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो लगायत ब्राण्डका टच एन्ड फिल काउन्टर समेत रहेका छन् ।

मोबाइलहबमा ६० मिनेट फेस टु फेस मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिलजोनको सुविधापनि रहेको छ । टच एन्ड फिल जोन तथा अलग अलग मोबाइल कम्पनीका प्रमोटरहरुले विभिन्न ब्राण्डका मोबाइलबारे अवलोकन कर्तालाई जानकारी दिने व्यवस्था हबले मिलाएको छ ।

प्रकाशित समय १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु