गृहपृष्ठ संघीय समाजवादी फोरम र वाम गठबन्धनबीच आज थप छलफल
संघीय समाजवादी फोरम र वाम गठबन्धनबीच आज थप छलफल
काठमाडौं, १७ फागुन । वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच आज थप छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९ बजे बस्ने तीन दलको बैठकमा सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन् । यसअघि हिजो बेलुकी भएको छलफलमा सहमति हुन नसकेपछि बैठक आजका लागि सारिएको हो ।
सरकारलाई दुई तिहाई समर्थन जुटाउने कसरतमा रहेको बाम गठबन्धन फोरमले उठाउ“दै आएको संविधान संसोधन लगायतका मागमा सहमति गर्दै सरकारमा सहभागी गराउने प्रयासमा रहेको छ । नेकपा एमालेका नेता सुवास नेम्वाङले आज सहमतिमा हस्ताक्षर हुने संभावना रहेको बताए ।
सहमतिपत्रमा कुनै धारा उपधारा उल्लेख नहुने र आपसी सहमतिका आधारमा संविधान संसोधन गर्ने गरी सहमति हुने उहा“ले जानकारी दिनुभयो । उहा“का अनुसार सहमति भएपछि मन्त्रालय बा“डफा“डमा छलफल हुने र त्यो मिलाउने जिम्मा तीनवटै पार्टीका अध्यक्षहरुलाई दिइएको छ । फोरमले कम्तीमा तीन वटा मन्त्रालय दाबी गरेको छ भने बाम गठबन्धनले बढीमा दुई वटासम्म मन्त्रालय दिन सकिने मनस्थिती बनाएको नेताहरुले बताएका छन् । फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले छलफल सकारात्मक रहेकाले आज निश्कर्षमा पुगिने संभावना रहेको बताए ।
प्रकाशित समय १२:२१ बजे