गृहपृष्ठ ७५ लाखको लागतमा दुई लेन सडक बन्ने
७५ लाखको लागतमा दुई लेन सडक बन्ने
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउने भएको छ ।
७५ लाखको लागतमा झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको नौ किलोमिटर सडकलाई दश मिटर फराकिलो बनाउने गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । नाली, पर्खाल, सोलिङ र कजवे निर्माणका लागि दुई वटा प्याकेजमा छुट्टाछुट्टै आयोजना सञ्चालन गरिएको छ ।
रु ३५ लाख ४० हजारको लागतमा झीँ खण्डको पाँच किलोमिटर र ४० लाखको लागतमा पाखापानी खण्डको चार किलोमिटर १७५ मिटर सडक स्तरोन्नति गर्न उपभोक्ता समितिले काम तीव्र बनाएका छन् ।
प्रकाशित समय ०९:१४ बजे