गृहपृष्ठ अब आईएमईले गर्ने भयो मौरीको बीमा

अब आईएमईले गर्ने भयो मौरीको बीमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेड बिच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडसंग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि खासै मौरीपालक कृषकहरुले आफना मौरीहरुको बीमा गराईनसकेकोे अवस्थामा संघसंगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफना मौरीको बीमा गरी ढुक्कसंग आफनो व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने अपेक्षा गर्दै नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडले आफना सदस्य कृषकहरुको व्यावसायिक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेकोमा संस्थाका अध्यक्ष लगायत संचालक समितिलाई धन्यवाद दिए । साथै सोही अवसरमा संस्था तथा संस्थासंग आवद्ध सदस्य महानुभावहरुलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्नु हुने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

उक्त कार्यक्रममा कम्पनीका नायव महाप्रबन्धक शरण रेग्मीले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहक महानुभावहरुसंग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्दै कम्पनी अगाडी बढि रहेको जानकारी दिए ।

प्रकाशित समय ०९:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु