गृहपृष्ठ आधुनिक यन्त्रबाट नेपाली कागज उत्पादन शुरु

आधुनिक यन्त्रबाट नेपाली कागज उत्पादन शुरु

बागलुङ, ११ पुस,  दुई दशक देखि घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दे आएका बागलङका उद्यमीले घरेलु प्रविधिको सट्टा आधुनिक यन्त्र प्रयोग गरेर नेपाली हाते कागज उत्पादन गर्न थालेका छन् ।

जिल्लाको पहिचानका रुपमा चिनिने नेपाली हाते कागजलाई आधुनिकीकरण गरिएको ताराखोला गाउँपालिका–५ मा यन्त्रको प्रयोगबाट कागज बनाउन प्रयोग हुने लोक्ता प्रशोधन र उत्पादन हुने गरेको छ । यसअघि जंगलबाट ल्याएको लोक्तालाई काठको मुङ्ग्रोले थिचेर कागज निकाल्थे ।

घरेलु प्रविधिबाट दैनिक एक सय थान कागज उत्पादन हुन्थ्यो भने आधुनिक यन्त्रको प्रयोगले दैनिक ४०० थान कागज उत्पादन हुनुका साथै गुणस्तर पनि बढेको छ । केही समयअघि भक्तपुर हस्तकला केन्द्र सहकर्मी साथीहरु गाउँमै पुगेर २१ जना स्थानीयवासीलाई हाते कागज उत्पादनसम्बन्धी तालिम दिएका थि“ए । “यसले उत्पादनमा बृद्धि गराउनका सथै बजार मागमा पनि विस्तार भएको छ ।

दुई दशक अघिदेखि उद्यमीले घरेलु प्रविधि अपनाएर हाते कागज उत्पादन गर्दै आएका थिए । कागजसँगै बजारलाई लक्ष्य गरी यसबाट बन्ने विभिन्न सामग्री उत्पादन गरी बिक्री गर्ने गरिन्छ ।

प्रकाशित समय ०८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु