गृहपृष्ठ पन्ध्र दिनदेखि किशोरी बेपत्ता

पन्ध्र दिनदेखि किशोरी बेपत्ता

पाल्पा- पाल्पा जिल्लाको रैनादेवी छहरा–५ मुझुङ्गकी एक किशोरी १५ दिनदेखि हराइरहेकी छन् । हराउनेमा १६ वर्षीया किशोरी मञ्जु गहतराज हुन् ।

स्थानीय कालिका माविमा कक्षा १० मा अध्ययनरत गहतराज मंसिर २५ गते बिहानदेखि घरबाट हराएको आफन्त यादव गतराजले जानकारी दिए। २४ गते साँझ खाना खाई सुत्न गएकी उनी बिहान अबेलासम्म नउठ्दा बिस्तरामा नभेटिएको भतिजा यादव गहतराजले बताए ।

सामान्य परिवारमा हुर्किएको मञ्जु गहतराजले मोबाइलसमेत प्रयोग गर्ने अवसर पाएकी थिइनन् । उनी हराएपछि घरपरिवार चिन्तित बन्दै आएको छ । आफन्तका घरमा समेत उनी नभेटिएपछि परिवार र स्कुलका साथीहरुले गहतराजको खोजी कार्य गरे पनि नभेटिएको आफन्तको गुनासो छ ।

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु