गृहपृष्ठ नविल बैंकको सीईओ अनिल केशरी शाह
नविल बैंकको सीईओ अनिल केशरी शाह
काठमाडौँ, १४ पुस – नविल बैंकमा जाने भएका छन् । नविल बैंकको संचालक समितिले शाहलाई सीईओ नियुक्त गरेको छ । उनलाई सञ्चालक समितिले ४ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । पुस तेस्रो साताबाट सेञ्चुरीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने तयारीमा रहेकातलबको विषयमा कुरा नमिलेपछि उनी सेञ्चुरी छाडेर नविल जान लागेका हुन् ।
राष्ट्र बैंकको व्यवस्थाअनुसार, सेञ्चुरीमा जाँदा थोरै तलब पाउने भएपछि उनी नविल बैंक जान लागेका हुन् । मेगा बैंकमा दुई कार्यकाल रहेका शाह त्यसअघि नविलमा नै थिए ।
नबिल बैंक भित्रको आन्तरिक विवादका कारण तत्कालीन प्रमुख कार्यकारी अधिकृत शसिन जोशीले कार्यकाल पुरा नहुँदै पदबाट राजिनामा दिएका थिए । जोशीले फागुन ५ गतेदेखि आफु बैंकमा नरहने व्यहोराको राजिनामा गरेका थिए । शाहले सोही दिनदेखि प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
अविल केशरी शाहको बैंकिङ करिअरको सुरुवात नविल बैंकबाटै भएको थियो ।
प्रकाशित समय ११:५७ बजे