गृहपृष्ठ बारामा जीप र ट्याक्सी ठोक्किँदा ३ को मृत्यु, दुई जना घाइते

बारामा जीप र ट्याक्सी ठोक्किँदा ३ को मृत्यु, दुई जना घाइते

accident_newskarobar

बाराको निजगढ नगरपालिका ९ स्थित घमरापुलमा गए राति जीप र ट्याक्सी एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ग२च २३२५ नम्बरको ट्याक्सी र विपरित दिशाबाट आइरहेको बा२ज २११७ नम्बरको बोलेरो जीप राति १ बजेतिर ठोक्किँएका हुन् । दुर्घटनामा निजगढ नगरपालिका ७ का २५ वर्षीय आकाश माझी, विशाल माझी र भक्तपुरका २८ वर्षीय समुद्र श्रेष्ठको घटनास्थलमै मृत्यु ज्यान गएको हो । श्रेष्ठको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको पुरानो मेडिकल चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु