गृहपृष्ठ हैरान टोली चलचित्रको प्रमोशनसंगै नृत्य, अभिनय र गायन विधाका प्रतिभालाई पनि खोज्दै
हैरान टोली चलचित्रको प्रमोशनसंगै नृत्य, अभिनय र गायन विधाका प्रतिभालाई पनि खोज्दै
बुटवल । ‘नेपाली कथानक चलचित्र हैरानको टोली चलचित्र पब्लिसिटीको बुधबार बुटवल आइपुगेको छ । चलचित्रको प्रमोसनका लागि नयाँ शैली अपनाएको हैरान टोलीले चलचित्रको प्रमोशनसंगै नृत्य, अभिनय र गायन विधाका प्रतिभालाई पनि खोज्दै अगाडि बढेको छ । ‘राष्ट्रिय प्रतिभाको खोजी’ अन्र्तगत वैशाख २० गते झापाबाट अडिसन सुरु गरेको हैरान टिमले बुधबा बुटवलमा पनि अडिसन सम्पन्न गरी केही प्रतिभा छनौट गरेको छ ।
यस्तै अडिसन २७ गते पोखरा तथा २८ र २९ गते काठमाण्डौंमा हुनेछ । तिनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । साथै टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत हैरान टिमले जनाएका छन् ।
छनौट चरणमा प्रतियोगिले एउटा हैरानकै र अर्को आफुले नै छनौट गरेको गितमा २–२ मिनेटमा आफ्नो प्रस्तुति दिनुपर्नेछ । पुरष्कार जित्न भने सहभागी ले हैरान खेप्नु पर्ने छैन। सबै शहरका अडिसनमा ८ देखि २५ वर्ष उमेरका प्रतिभाहरुले सहभागिता जनाउन सक्नेछन् । प्रतियोगिताका निर्णायकको रुपमा फिल्म हैरानका कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् ।
बुधबार अडिसन अघि पत्रकारहरु सम्मेलन गर्दै चलत्रिको टोलीले चलचित्रमा सबै विषयवस्तु समेटिएको भन्दै एकपटक चलचित्र हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ । पत्रकारसग बोल्दै फिल्मका निर्देशक सौगात विष्ट, कलाकार गजित विष्ट, सागर लम्साल, आरोही शर्मा ले चलचित्रले हसाउने मात्र नभएरसामाजिक सन्देश पनि दिने बाताए । जेठ ४ मा रिलिज हुने फिल्म सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, सागर लम्साल, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एन्जल राई, आरोही शर्मा लगायतको अभिनय रहेको छ । पत्रकार सम्मेलनमा बोल्दै चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले चलचित्रले पब्लिसिटी मात्रै नई राष्ट्रिय स्तरमै प्रतिभाको खोजी गर्न लागेकोमा अन्य चलचित्रहरुले पनि यस्तै प्रतिभाहरु खोज्नुपर्नै सुझाव दिए ।
प्रकाशित समय ०७:१९ बजे

















