गृहपृष्ठ स्ट्याण्डर्ड चार्टडले मुद्दतिमा १० प्रतिशत ब्याज दिने
स्ट्याण्डर्ड चार्टडले मुद्दतिमा १० प्रतिशत ब्याज दिने
काठमाडौं–स्ट्याण्डर्ड चार्टड बैंकले पनि मुद्दति निक्षेपको ब्याजदर बढाएर १० प्रतिशत पु¥याएको छ ।
बैंकले १ वर्षे मद्दति निक्षेपमा १० प्रतिशत र ६ महिनाका लागि ९ प्रतिशत ब्याज दर दिने गरी नयाँ मुद्धति निक्षेप योजना ल्याएको हो । एक साताअघि बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर ९ प्रतिशत बनाएको थियो । बैंकले एक साताभित्रै मुद्धति निक्षेपको ब्याजदर बढाएको छ ।
केही बैंकले मुद्धति निक्षेपको ब्याज दर बढाएर साढे ११ प्रतिशत पु¥याइ सकेका छन् । अधिकांश बैंकको ब्याज दर १० प्रतिशत माथि छ । स्ट्याण्र्ड चाटर्ड बैंकको आधार ब्याजदर अन्य निजी बैंकको भन्दा कम रहेको छ ।
प्रकाशित समय १६:५७ बजे