गृहपृष्ठ होन्डाको ‘२०१८ होन्डा डियो’ नयाँ स्कुटर
होन्डाको ‘२०१८ होन्डा डियो’ नयाँ स्कुटर
काठमाडौं । भारतमा ‘२०१८ होन्डा डियो’ लन्च भएको छ । होन्डाले २०१८ डियोमा नयाँ रङ्ग र फिचर्स दिएको छ ।
यसको बेस भेरियन्टको मूल्य भारतमा ५० हजार २ सय ९६, डियो एसटिडी मोडलको ५१ हजार २ सय ९२ र डियो डिएल एक्सको ५३ हजार २ सय ९२ निर्धारण गरिएको छ ।
स्कुटरमा १०९.१९ सिसी सिङ्गल सिलिन्डर, एयर कुल्ड बिएस–आइभि इन्जिन समावेस छ । जसले ८ बिएचपी पावर र ८.९१ टर्क उत्सर्जन गर्छ । यसको टप स्पिड ८३ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ ।
‘२०१८ होण्डा डियो’मा पोजिसन ल्याम्पको साथमा एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, इको स्पिड इन्डिकेटरको साथमा डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टर, सिट ओपनिङ स्विच, मोवाइल चार्जिङ पोर्ट लगायतका फिचर्सहरु समावेस छन् ।
प्रकाशित समय १०:१० बजे

















