गृहपृष्ठ ‘आर्थिक उन्नतिका लागि सुरक्षाको प्रत्याभूति जरुरी’

‘आर्थिक उन्नतिका लागि सुरक्षाको प्रत्याभूति जरुरी’

समृृिद्धको सपना साकार पार्न शान्ति र सुरक्षाको प्रत्याभूति हुनुपर्ने आवश्यकता औंल्याइएको छ । रुपन्देही उद्योग संघले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्ने सरोकारवालाले प्रदेश सुरक्षाका लागि सुरक्षा निकायले बिना कुनै पूर्वाग्रह काम गर्नुपर्ने बताए । प्रदेशको विकास र आर्थिक उन्नतिका लागि सुरक्षाको प्रत्याभूति हुन जरुरी रहेको उनीहरुको भनाइ थियो ।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख नारायण आर्चायले शन्ति सुव्यवस्था कायम भए उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्ने वातावरण निर्माण हुने बताए । उनले कर्मचारीको अभाव एवं अधिकारको बाँडफाँटमा रहेको अन्योलका कारण चाहेअनुसार काम गर्न कठिनाइ भएको गुनासो गरे । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले नागरिकको सुरक्षा नै प्रहरीको पहिलो कर्तव्य भएको बताए । उनले ऐन कानुनले दिएको अधिकार प्रयोग गरी शान्ति सुव्यवस्था कायम गराउन निष्पक्ष रुपमा आफू र आफ्नो टिमले काम गर्ने विश्वास व्यक्त गरे ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले प्रदेशको समृद्धिका लागि रुपन्देहीमा औद्योगिक विकास जरुरी रहेकाले त्यसका लागि उद्योगीले सुरक्षाको अनुभूति गर्नुपर्ने बताए । संघका निर्वतमान अध्यक्ष दिनेशराज रेग्मी, पूर्व अध्यक्ष बोनिन पियालगायतले उद्योगीका समस्यालाई प्राथमिकतामा राख्दै यस क्षेत्रको शान्ति सुरक्षा कायम गर्न एक आपसमा मिलेर अगाडि बढ्न आग्रह गरे । (रासस)

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु