गृहपृष्ठ बेउरी खोलाले बगाउँदा एकजना बेपत्ता
बेउरी खोलाले बगाउँदा एकजना बेपत्ता
मोरङको कानेपोखरी गाउँपालिकामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । कानेपोखरी २ स्थित बेउरी खोलाले बगाउँदा अन्दाजी ३० वर्षीय एक व्यक्ति बेपत्ता भएका हुन् ।
उनको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङमा हालसम्म १५० बढी घर बाढीबाट प्रभावित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय १७:०७ बजे

















